होमपेज > अपर तामाकोशीको हकप्रदमा शेयर बापतको ७८ प्रतिशत रकम संकलन

अपर तामाकोशीको हकप्रदमा शेयर बापतको ७८ प्रतिशत रकम संकलन

बिज्ञापन

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ । दोलखामा सञ्चालित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीलाई एक कित्ता शेयर बराबर एक कित्ताको प्रति शेयर रु एक सय अङ्कित दरको हकप्रद शेयर निष्कासन गरिरहेको छ ।

कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि(नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद शेयर बापतको रकम शतप्रतिशत चुक्ता गरिसकेका छन् । संस्थापकहरुले रु पाँच अर्ब ४० करोड ९ लाख चुक्ता गरेका हुन् ।

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणबाट रु पाँच अर्ब १९ करोड ९१ लाख चुक्ता हुनुपर्ने छ । कम्पनीका अनुसार हालसम्म सर्वसाधारण शेयरधनीबाट रु दुई अर्ब ८३ करोड अर्थात ५५ प्रतिशत रकम सङ्कलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताए । गौतमले भने, ‘संस्थापकबाट शतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम सङ्कलन भइसकेको छ, शेयर भर्ने स्थानमा व्यापक भीडभाड देखिएको छ, बाँकी ६ दिनमा अपेक्षाकृत रुपमै रकम सङ्कलन हुने देखिएको छ ।’ हकप्रद शेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म छ ।

रु १० अर्ब ५९ करोड चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको छ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको दुई/दुई प्रतिशत संस्थापक शेयर छ । शेयर स्वामित्वअनुसार प्राधिकरणले रु चार अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले रु ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले रु २१ करोड १८ लाख र रु २१ करोड १८ लाख हकप्रद शेयर बापतको रकम चुक्ता गरिसकेका छन् ।

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७ दशमलव २८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको दुई दशमलव ८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको आठ दशमलव ८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट रु पाँच अर्ब १९ करोड ९१ लाख चुक्ता हुनु पर्नेछ ।

यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले रु एक अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले रु एक अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले रु एक अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले रु ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीले रु ३० करोड ४९ लाख ९२ हजार हकप्रद शेयरबापत चुक्ता गर्नुपर्ने छ । हकप्रद शेयरबापतको रकम सङ्कलनपछि कम्पनीको चुक्ता पुँजी रु २१ अर्ब १८ करोड पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, मेची नाकाबाट मात्रै सवा एक अर्बभन्दा बढीको निर्यात
  2. मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित
  3. देवानगञ्ज घटनामा सरकार–पीडितबीच ७ बुँदे सहमति
  4. जागिर लगाइदिने भन्दै घुस लिएको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  5. लघुवित्तपीडितसँग आज पुनः वार्ता, समाधान खोज्न सरकार र संघर्ष समिति सकारात्मक
  6. नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  7. तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
  8. सुनसरी–सिरहा घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने: प्रधानमन्त्री बालेन्द्र शाह (पूर्णपाठ)
  9. राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
  10. १० सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  11. ११ अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  12. १२ लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  13. १३ सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  14. १४ जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  15. १५ लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति