होमपेज > मलेसिया र सिंगापुर भ्रमणबाट फर्केको भोलिपल्टै नगर प्रमुख मुसलमानको निधन

मलेसिया र सिंगापुर भ्रमणबाट फर्केको भोलिपल्टै नगर प्रमुख मुसलमानको निधन

बिज्ञापन

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ। हृदयघातबाट आज बिहान उनको निधन भएको नगरपालिकाका कर्मचारी खुशीराम लामिछानेले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन जाने क्रममा उनको निधन भएको हो ।

स्थानीय युवा करण पाण्डेका अनुसार बिहान मुसलमानको छातीमा समस्या देखिएपछि परिवारले उपचारका लागि चिकित्सकसहित भैरहवास्थित अस्पताल लैजाने क्रममा भैरहवा–लुम्बिनी सडक अन्तर्गत महजिदिया नजिक मृत्यु भएको पाण्डेले जानकारी दिए।

अहिले लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरियास्थित निवासमा मुसलमानको शव राखिएको छ। परिवारका अनुसार प्रमुखसहित नगरपालिकाको टिम एक साता लामो सिंगापुर र मलेसियाको भ्रमण पूरा गरेर शुक्रबार मात्रै घर फर्किएका थिए।

उनी नेपाली कांग्रेसका तर्फबाट प्रमुखमा विजयी भएका थिए। गत चुनावमा उनी ८,२११ मत ल्याएर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। उपप्रमुख कल्पना हरिजन भने एमालेबाट निर्वाचित भएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. लघुवित्त पीडित र सरकारबीच पाँचबुँदे सहमति, देशभरका आन्दोलन र अनशन अन्त्य
  2. साताभर नेप्सेमा ४९ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो
  3. परिवार सुरक्षा बचत खाताअन्तर्गत कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
  4. नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ
  5. नेपालमा आउँदै निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’, नाइमा मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक हुने
  6. लक्ष्यको आधाभन्दा कम वैदेशिक सहायता, नेपालले पायो ४५.६६ प्रतिशत मात्रै
  7. राहदानी छपाइ प्रकरणमा सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश
  8. गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
  9. नागार्जुन नगरपालिकाका उद्यमीलाई मुक्तिनाथ विकास बैंकबाट धितोबिनै २ लाखसम्म कर्जा
  10. १० छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, मेची नाकाबाट मात्रै सवा एक अर्बभन्दा बढीको निर्यात
  11. ११ मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित
  12. १२ देवानगञ्ज घटनामा सरकार–पीडितबीच ७ बुँदे सहमति
  13. १३ जागिर लगाइदिने भन्दै घुस लिएको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लघुवित्तपीडितसँग आज पुनः वार्ता, समाधान खोज्न सरकार र संघर्ष समिति सकारात्मक
  15. १५ नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान