होमपेज > लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित

लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित

बिज्ञापन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार चौथो कारोबार दिन पनि ओरालो लागेको छ। बिहीबार नेप्से १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा बन्द भएको हो।

बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ। बिहीबार ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।

यस दिन ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। ७५ लाख ४८ हजार कित्ता सेयर ४४ हजार पटक खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।

कारोबारका क्रममा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य बढेर १ हजार १३८ रुपैयाँ पुगेको छ। त्यस्तै सेन्ट्रल फाइनान्स, शुभम् पावर, तारागाउँ रिजेन्सी र एनएमबी हाइब्रिड फन्ड उच्च मूल्य वृद्धि हुने कम्पनीको सूचीमा परेका छन्।

समूहगत प्रदर्शनतर्फ भने १३ वटै उपसमूहका परिसूचक घटेका छन्। तीमध्ये हाइड्रोपावर उपसमूह सबैभन्दा धेरै १.२० प्रतिशतले घटेको छ। लगातारको गिरावटसँगै नेप्से परिसूचक साताको सुरुआतदेखि नै दबाबमा रहेको देखिएको छ भने कारोबार रकम पनि क्रमशः घट्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. परिवार सुरक्षा बचत खाताअन्तर्गत कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
  2. नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ
  3. नयाँ निसान टेकटन नाइमा मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक हुने
  4. लक्ष्यको आधाभन्दा कम वैदेशिक सहायता, नेपालले पायो ४५.६६ प्रतिशत मात्रै
  5. राहदानी छपाइ प्रकरणमा सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश
  6. गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
  7. नागार्जुन नगरपालिकाका उद्यमीलाई मुक्तिनाथ विकास बैंकबाट धितोबिनै २ लाखसम्म कर्जा
  8. छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, मेची नाकाबाट मात्रै सवा एक अर्बभन्दा बढीको निर्यात
  9. मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित
  10. १० देवानगञ्ज घटनामा सरकार–पीडितबीच ७ बुँदे सहमति
  11. ११ जागिर लगाइदिने भन्दै घुस लिएको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  12. १२ लघुवित्तपीडितसँग आज पुनः वार्ता, समाधान खोज्न सरकार र संघर्ष समिति सकारात्मक
  13. १३ नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  14. १४ तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
  15. १५ सुनसरी–सिरहा घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने: प्रधानमन्त्री बालेन्द्र शाह (पूर्णपाठ)