होमपेज > राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने

बिज्ञापन

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २४ अर्ब १८ करोड ७६ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरिएको छ।

राष्ट्र बैंकका अनुसार बैंकहरूले साउन १८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न सक्नेछन्। कुल रकममध्ये १९ अर्ब ३५ करोड २ लाख रुपैयाँ वाणिज्य बैंक, ३ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र १ अर्ब २० करोड ९३ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दती निक्षेपका रूपमा लगानी गरिनेछ।

मुद्दती निक्षेपका लागि छनोट हुन बैंक तथा वित्तीय संस्थाले केही न्यूनतम मापदण्ड पूरा गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। त्यसअनुसार सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ। साथै, राष्ट्र बैंकले तोकेको न्यूनतम कुल पुँजीकोष अनुपात कायम गरेको हुनुपर्नेछ।

त्यस्तै, निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशतभन्दा बढी र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ। खुद तरल सम्पत्ति अनुपात र कर्जा–निक्षेप अनुपात पनि राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्नेछ।

यसका अतिरिक्त, निकटतम आर्थिक वर्षको वित्तीय विवरणअनुसार खुद नाफामा रहेको तथा शीघ्र सुधारात्मक कारबाहीमा परेको संस्था भए त्यस्तो कारबाही फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने शर्त पनि राष्ट्र बैंकले राखेको छ।

राष्ट्र बैंकले तोकेका यी मापदण्ड पूरा गर्ने बैंक तथा वित्तीय संस्थाले मात्र मुद्दती निक्षेपका लागि प्रतिस्पर्धा गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  2. तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
  3. सुनसरी–सिरहा घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने: प्रधानमन्त्री बालेन्द्र शाह (पूर्णपाठ)
  4. राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
  5. सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  6. अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  7. लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  8. सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  9. जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  10. १० लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  11. ११ सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  12. १२ एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  13. १३ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  14. १४ एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  15. १५ ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता