होमपेज > नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान

नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान

बिज्ञापन

नाबिल बैंक लिमिटेडले आफ्ना २ हजार ४७३ जना कर्मचारीका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ बराबरको समूह जीवन बीमा (ग्रुप टर्म लाइफ इन्स्योरेन्स) गराउने प्रक्रिया अघि बढाएको छ। बैंकले उक्त बीमा सेवा उपलब्ध गराउन इच्छुक जीवन बीमा कम्पनीहरूबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको हो।

बैंकले जारी गरेको सूचनाअनुसार बीमा योजनाले सबै प्रकारका मृत्युका कारणलाई समेट्ने व्यवस्था हुनुपर्नेछ।

बोलपत्रमा सहभागी हुन चाहने जीवन बीमा कम्पनीहरूले नोटरी प्रमाणित प्यान/भ्याट दर्ता प्रमाणपत्र, कम्पनी दर्ता तथा नवीकरण प्रमाणपत्र, पछिल्ला दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र, प्रमुख ग्राहकहरूको सूची तथा प्रवर्द्धक र प्रमुख व्यवस्थापन टोलीको संक्षिप्त विवरण पेश गर्नुपर्नेछ।

इच्छुक कम्पनीहरूले आफ्नो प्रस्ताव सिलबन्दी खाममा राखी नाबिल बैंकको प्रशासन विभागमा साउन २८ गते बेलुका ४ बजेसम्म बुझाइसक्नुपर्ने बैंकले जनाएको छ। तोकिएको समयपछि प्राप्त हुने प्रस्ताव भने स्वीकार गरिने छैन।

नाबिल बैंकले कर्मचारीको सामाजिक सुरक्षा र जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाउने उद्देश्यले समूह जीवन बीमा सेवा छनोट प्रक्रिया अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  2. तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
  3. सुनसरी–सिरहा घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने: प्रधानमन्त्री बालेन्द्र शाह (पूर्णपाठ)
  4. राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
  5. सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  6. अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  7. लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  8. सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  9. जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  10. १० लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  11. ११ सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  12. १२ एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  13. १३ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  14. १४ एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  15. १५ ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता