होमपेज > अझै पुरिएन जनयुद्धको घाउ, पुल अभावले बालबालिकाको जीवन जोखिमा

अझै पुरिएन जनयुद्धको घाउ, पुल अभावले बालबालिकाको जीवन जोखिमा

बिज्ञापन

रोल्पा । १० वर्षे सशस्त्र द्वन्द्वको घाउ अझै पुरिन सकेको छैन। युद्धका दिनमा थला परेको गाउँ आजसम्म विकासका आधारभूत सुविधाबाट वञ्चित छ।

रोल्पा जिल्ला सुनछहरी गाउँपालिका७ स्थित जेलबाङको डम्फु गाउँदेखि सुलकबाङ गाउँ जोड्ने धुम्तरा खोलामा हालसम्म स्थायी पुल नबन्दा स्थानीय बासिन्दा दिनहुँ सास्ती खेप्दै आएका छन्।

हिउँदमा कुनै किसिमले आवतजावत सहज भए पनि वर्षायाम शुरु भएलगत्तै खोलाले गाउँलाई दुई टुक्रा बनाइदिन्छ। खोलाको उग्र बहावका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म दैनिक जोखिमपूर्ण यात्रामा बाध्य छन्।

श्री जन जाग्रिती प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। विद्यालय जाने बाटो धुम्तरा खोलामार्फत मात्रै सम्भव हुने भएकाले वर्षायाममा उनीहरूको अध्ययन निरन्तरता टुट्ने गरेको छ।

कतिपय अभिभावकहरूले त बच्चाको ज्यान बचाउन विद्यालय जान नै रोकिदिने गरेको पनि बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  2. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  3. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  4. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  5. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  6. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  7. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  8. लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  9. रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  10. १० किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  11. ११ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  12. १२ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  13. १३ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  14. १४ अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने
  15. १५ चमेलिया नदीमा थप २८.३० मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना बन्ने