होमपेज > लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो

लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो

बिज्ञापन

साताको सुरुआतदेखि नै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पनि घटेको छ। बुधबार नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा झरेको हो। यस दिन सेन्सेटिभ इन्डेक्स ०.७८ अंक, फ्लोट इन्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४२ अंकले घटेका छन्।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा बुधबार ३४३ वटा स्टकको ४८ हजार पटकको कारोबारमा ४ अर्ब २ करोड ९४ लाख रुपैयाँबराबरको ९७ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बुधबार कारोबार भएका कम्पनीमध्ये ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ वटा कम्पनीको सेयर मूल्य घटेको छ। ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

एभरेस्ट कलरको सेयर मूल्य लगातार आठौँ कारोबार दिन सकारात्मक सर्किट लागेको छ। यस दिन कम्पनीको सेयर मूल्य १२९ रुपैयाँ १० पैसा बढेर ९९० रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य करिब साढे १२ प्रतिशतले बढेको छ। अन्य उच्च मूल्य बढ्ने कम्पनीको सेयर मूल्य वृद्धि भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। कम्पनीको २२ करोड ४८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, खानीखोला हाइड्रोपावरको २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको करिब १८ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

समूहगत परिसूचकतर्फ १३ मध्ये दुई उपसमूहको सूचक बढेको छ भने ११ उपसमूहको सूचक घटेको छ। बुधबार म्युचुअल फन्ड र अन्य उपसमूहको सूचक बढेका छन् भने बाँकी ११ उपसमूहको सूचक घटेका छन्।

यससँगै पछिल्ला तीन कारोबार दिनदेखि नेप्से लगातार घटेको छ। बजारमा कारोबार रकमसमेत क्रमशः घट्दै जाँदा लगानीकर्ताको सक्रियतामा पनि केही कमी आएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  2. अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  3. लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  4. सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  5. जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  6. लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  7. सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  8. एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  9. स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  10. १० एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  11. ११ ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता
  12. १२ सप्तरीको पनसेरामा नवनिर्मित ३३-११ केभी सबस्टेसन सञ्चालनमा
  13. १३ सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  14. १४ प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  15. १५ माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर