होमपेज > सकियो रविको बयान

सकियो रविको बयान

बिज्ञापन

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ। हिजो (बिहीबार)बाट सुरु भएको उनको बयान आज (शुक्रबार) सकिएको हो।

उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो। लामिछानेको बयान सकिएसँगै इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुनेछ। उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो।

सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाएको छ। गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको छ।

लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. देवानगञ्ज घटनामा सरकार–पीडितबीच ७ बुँदे सहमति
  2. जागिर लगाइदिने भन्दै घुस लिएको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  3. लघुवित्तपीडितसँग आज पुनः वार्ता, समाधान खोज्न सरकार र संघर्ष समिति सकारात्मक
  4. नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  5. तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
  6. सुनसरी–सिरहा घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने: प्रधानमन्त्री बालेन्द्र शाह (पूर्णपाठ)
  7. राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
  8. सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  9. अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  10. १० लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  11. ११ सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  12. १२ जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  13. १३ लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  14. १४ सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  15. १५ एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता